मेस्सीका लागि १० नम्बर जर्सी छाड्न नेइमार तयार

Messi-Neyamar1
लोकपाटी न्यूज

एजेन्सी। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारले आफ्ना पूर्वसहकर्मी लियोनल मेस्सी क्लबमा आएको खन्डमा उनलाई जर्सी नम्बर १० दिन तयार रहेको बताएका छन्। अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजी आएमा १० नम्बरको जर्सी दिन तयार रहेको नेयमारले क्लबमा प्रस्ताव गरेको गेट फ्रेन्च फुटबल न्युजले जनाएको छ।

स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि अर्जेन्टिनी फरवार्ड मेस्सी पिएसजी जाने चर्चा चलिरहेको समयमा नेइमारले उनका लागि आफ्नो जर्सी छाड्न तयार रहेको बताएका हुन्।

गेट फ्रेन्च फुटबल न्युजका अनुसार नेइमारले क्लबसँग १० नम्बरको जर्सी मेस्सीलाई दिन प्रस्ताव गरेका छन्। नेइमार र मेस्सीबीच व्यक्तिगत रूपमा राम्रो सम्बन्ध रहेको छ। दुवैले सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनाका लागि सँगै खेलेका थिए। सन् २०१७ मा पिएसजी आएयता नेइमारले १० नम्बरको जर्सी लगाएर खेलिरहेका छन्।