काठमाडौं। मैलुङ खोला जलविद्युत् कम्पनीले साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ। जलविद्युत कम्पनीले आजदेखि ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ ल्याएको हो।
प्रतिकित्ता १ सय रुपैयाँको जम्मा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको गरेको हो।
निष्कासन भएको मध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन्। आजदेखि आईपीओ निष्कासन छिटोमा साउन १८ गते बन्द हुने छ।
आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रति सेयर आम्दानी २८.५४ रुपैयाँ पुग्ने प्रक्षेपण छ। यसको लगानी फिर्ता हुने अवधि ६ वर्ष दुई महिनाको छ। डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना छ।


लोकपाटी न्यूज