मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ निष्कासन

IPO Icon
लोकपाटी न्यूज

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका वासिन्दाका लागि आईपीओ पुन: निष्कासन गरेको छ। २१ बैशाखबाट ६० लाख कित्ता आईपीओ स्थानीय समूहका लागि निश्कासन गरेको थियो।

तर, कोरोनाको संक्रमण उच्च भएको भन्दै समयअगावै बन्द गरिएको थियो। जसका लागि कम्पनीले अहिले पुन: आईपीओ निष्कासन गरेको हो। आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस) बाह्रबिसे नगरपालिका वडा नं ५,६,७,र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो।

योसँगै कम्पनीले सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर पनि निष्कासन गरेको छ। आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि पुनः निष्कासन गरिएको आईपीओमा छिटोमा साउन १७ गतेभित्र र ढिलोमा साउन ३२ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउने छन्।

कम्पनीले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्