यस्तो छ अस्ट्रेलियाविरुद्ध उत्रने नेपाली टिमको सुरुवाती ११

football-team
लोकपाटी न्यूज

काठमाडौं। अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीको अन्तिम ११ सार्वजनिक भएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन्।

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ। खेल राति ९:४५ बजे सुरु हुनेछ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन्।

नेपालले अष्ट्रेलियाविरुद्ध चार खेलाडी परिवर्तन गरेको छ। जोर्डनविरुद्ध सुरुवाती-११ मा रहेका रहेका अन्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन्। फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर विशाल राई, एरिक विष्ट र डिफेन्डर  गौतम श्रेष्ठ सुरुवाती-११ मा रहेका छन्।

नेपाली टिम :

गोलकिपर- किरण चेम्जोङ। डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल। मिडफिल्डर – पुजन उपरकोटी, एरिक विष्ट, विशाल राई। फरवार्ड – नवयुग श्रेष्ठ , सुमन लामा, सुनिल बल।