काठमाडौं। नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी विल विक्री गर्ने भएको छ।
राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी विल जारी गर्न लागेको हो। मंगलवार जारी हुने यस ट्रेजरी विलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि रू. २ अर्ब बरावरको ट्रेजरी विल जारी गर्न लागेको हो। यस ट्रेजरी विल आगामी भदौ १ गते परिपक्व हुनेछ। त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको लागि ९ अर्ब ८५ करोड रुपैयाँ बरावरको ट्रेजरी विल जारी गर्न लागेको छ। यो बिल कात्तिक ३० गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी गराएको छ।
त्यस्तै १ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो। यो ट्रेजरी विल विसं २०७९ आगामी जेठ ३ गते परिपक्व हुनेछ।



लोकपाटी न्यूज

