राधी विद्युत कम्पनीकाे काराेबार सर्किट लेभलमा, शेयरमुल्य कति पुग्यो ?

लोकपाटी न्यूज

काठमाडौं। कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा कारोबार सुरु भएको केही समयमै राधी विद्युत कम्पनी लिमिटेडको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा भएको छ। सोमबार कम्पनीको शेयरमुल्य ९.९४ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ७७४ रुपैयाँ पुगेको हो।

यो समाचार तयार पार्ने समय सम्म कुल १० लाख ३७ हजार ३०२ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ७७४ रुपैयाँमा रहेको छ।

त्यस्तै कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीले ०७६/७७ को मुनाफाबाट हाल भएको ४७ करोड ३५ लाख ५०० चुक्तापुँजीको आधारमा ३६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्तावित गरेको लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरले पाउने भएका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्