नेपाल टेलिकमकाे ९ महीनाकाे खुद नाफा करीब ६ अर्ब

Nepal-Telecome-office
लोकपाटी न्यूज

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले  ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफामा २२ प्रतिशतले कमी आएको हो। गत वर्ष यस अवधिसम्म कम्पनीले  ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

गत वर्ष  ३२ अर्ब २७ करोड २३ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रुपैयाँ मात्र यो आम्दानी गरेको छ। कम्पनीको चुक्तापूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष रकम  ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रुपैयाँ रहेको छ। चुक्तापूँजीमा गत वर्षको तुलनामा कुनै परिवर्तन नभएको कम्पनीको जगेडा कोष रकम पनि करीब ८ प्रतिशत बढेको छ। गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम  ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार रुपैयाँ थियो।

कम्पनीको कुल चालू सम्पत्ति  ६२ अर्ब ६ करोड २६ लाख र कुल चालू दायित्व रकम ३१ अर्ब ८६ करोड २४ लाख ७४ हजार छ। कम्पनीको प्रतिशेयर आम्दानी ५२ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ ६५३ दशमलव १० रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्