काठमाडौंमा। साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ९३ प्रतिशत कमि आएको छ। यो समाचार तयार पार्दासम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ हजार ६३१ रुपैयाँ कायम भएको छ।
कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो। त्यसो त कम्पनीको शेयर मूल्यले विगत ३३ दिनदेखि पोजेटिभ सर्किट लगाउँदै आएको थियो। पुन : विक्रेता हावी हुँदा कम्पनीको शेयर मूल्य घटेको देखिन्छ। आइतवार कम्पनीको शेयर ५ हजार २८१ रुपैयाँमा खुला भएर उच्च मूल्य ५ हजार ४९३ रुपैयाँसम्म पुगेको थियो।



लोकपाटी न्यूज