काठमाडाैँ। कोरोना महामारी फैलिएर गम्भीर स्वास्थ्य संकटमा पर्दै गएको नेपाललाई बेलायतले रेड जोनमा राखेको छ। नेपालमा नयाँ भेरियन्ट फैलिएको बताउँदै सो देशले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको बीबीसीले जनाएको छ।
बेलायतले पछिल्लो पटक नेपालसहित, टर्की र माल्दिभ्सलाई रेड जोनमा राखेको छ। विदेशी नागरिककाे हकमा बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले बताए।



लोकपाटी न्यूज