चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत

लोकपाटी न्यूज

काठमाडौं। नेप्सेमा चार कम्पनीको ४८ लाख कित्ता शेयर सूचीकृत छ। रुरु जलविद्युत कम्पनी लिमिटेड यस साता नेप्सेमा आईपीओ सूचीकृत गरेको हो।

यो साता नेप्सेमा स्वाभिमान लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर सूचिकृत भएको छ।नेप्सेका अनुसार २ कम्पनीको बोनस शेयर एउटा कम्पनीको हकप्रद शेयर र एउटा कम्पनीको आईपीओ यस साता नेप्सेमा सूचिकृत भएको हो।

रुरु जलविद्युत कम्पनी लिमिटेडको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ सूचीकृत भएको हो। त्यस्तै, स्वाभिमान लघुवित्त एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सूचिकृत भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्