ताेलामा ४ सय बढ्याे सुनकाे मूल्य, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

सुनको भाउ निरन्तर दोश्रो दिन पनि वृद्धि भएको छ। बैशाख २० गते, सोमबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको भाउ पनि बढेर ८९ हजार ९०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन पनि सुन प्रतितोला १०० रुपैयाँले बढोत्तरी भएर प्रतितोला ९० हजार रुपैयामाँ उक्लेको थियो। यसैगरी सोमबार चाँदीको मूल्य पनि उकालो लागेको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ। आइतबार चाँदीको मूल्य भने स्थिर रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्