सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। साताको सुरुको दिन आइतबार सुन–चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ कायम गरेको छ। गएको शुक्रबार तोलाको ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा तोलामा ४०० रुपैयाँले भाउ घटेको हो।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९० हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले कमी आएको छ। आइतबारका लागि चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्