कृतिम अभाव राेक्न कार्यकारी निर्देशक पौडेलकाे विशेष सक्रियता

लोकपाटी न्यूज

काठमाडौँ। बजारमा ग्यास अभावको हल्ला चलेसँगै आयल निगम बजार अनुगमनमा खटिएको छ। शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै खाली ग्यास भर्न आग्रह गरेसँगै बजारमा ग्यास अभाव हुनसक्ने हल्ला चलेको थियो। आपूर्ति व्यवस्था सहज भइरहेको अवस्थामा यो हल्लासँगै बजारमा ग्यास अभाव हुने भन्दै उपभोक्ताहरुले सिलिन्डर धमाधम भर्न थालेका थिए।

निगमको टोलीले शनिबार उपत्यकाका मुख्य क्षेत्रका ग्यास बिक्रेताहरुकहाँ अनुगमन गरेको कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए। उनले भने, ‘बजार हल्ला चलेपछि हामी अनुगमनमै छौं। तर, बजारमा ग्यास नपाएको भन्ने गुनासो कतै पनि पाइएन। ग्यासको आपूर्ति निरन्तर छ। कोभिडले आपूर्ति व्यवस्थामा प्रभाव पार्दैन। लकडाउन नै भए पनि ग्यास अभाव हुँदैन।’

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्राहकलाई सचेत गराउनको लागि मात्रै आफूहरुले यस्तो जानकारी दिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्