नेप्सेमा रिलायन्स फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन

nepse-1
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायन्स फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले फाइनान्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य २६२ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। बैशाख ९ गते, बिहीबार बैंकको शेयर प्रतिकित्ता २८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

फाइनान्सले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैशाख २२ गते एघारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा लैनचौर बैंक्वेट, लैनचौरमा भर्चुअल माध्यमबाट सञ्चालन गर्नेछ।

सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्