काठमाडौँ। मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ। बाेर्डले कम्पनीलाई १ अर्ब ५० कराेड बराबरकाे १ कराेड ५० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएकाे हाे।
बाेर्डले बैसाक ५ गते कम्पनीलाई अनुमती दिएकाे हाे। नियामकको स्वीकृति पछि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ। विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


लोकपाटी न्यूज