काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ। वृद्धिसँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ६ सय ६ रुपैयाँ पुगेको हो।
विक्रेताभन्दा क्रेता अत्याधिक भएकाले शेयर मूल्यमा वृद्धि भएको हो। कम्पनीको शेयर पहिलो कारोबार दिन प्रतिकित्ता ४४६ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीकाे काराेबारकाे आज २१ औं दिन हाे। कम्पनीले पहिलो कारोबारका लागि ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ ओपन रेञ्ज पाएको थियो।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ। कम्पनीले गत माघ २८ गतेदेखि फागुन २ गतेसम्म ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीले ५ हजार कित्ता कर्मचारीको लागि,२० हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो। कम्पनीको आईपीओ ३७ हजार ५०० जनाले गोलाप्रथाद्वारा १० कित्ताका दरले पाएका थिए।



लोकपाटी न्यूज