काठमाडौं। कोराना भाइरसको दोस्रो लहर शुरु भएपछि रहेको बैंकिङ क्षेत्रकाे काम फेरी प्रभावित हुन थालेको छ। अरु क्षेत्रभन्दा बैंकमा सेवा लिन आउनेकाे भिडभाड हुने गरेकाे छ। बैंकमा सेवा लिन आउनेको भिडभाड हुँने हुँदा कोरोना संक्रमण फैलिने भन्दै नेपाल राष्ट्र बौंकले बैंक तथा वित्तीय संस्थाका नाममा सार्वजनिक सूचना जारी गरेकाे छ।
राष्ट्र बैंकले ‘वर्क फ्रम होम तथा सिफ्टमा काम गर्न निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले सकेसम्म डिजिटल कारोबार गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो। राष्ट्र बैंकले ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। राष्ट्र बैंकले भौतिक उपस्थिति कम हुने गरी कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य भर्चुअलमाध्यमबाट गराउन समेत राष्ट्र बैंकले निर्देशन दएको छ। त्यस्तै,राष्ट्र बैंकले कोरोना महामारीको संक्रमणबाट बच्च एटीएम बुथमा सेनिटीइजर तथा टिस्युपेपरको व्यवस्था गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।




लोकपाटी न्यूज

