९१ हजार पुग्याे सुनकाे मूल्य

लोकपाटी न्यूज

काठमाडौं। सुनको मूल्यमा आएको बढोत्तरी सोमबार पनि जारी रह्यो। आइतबारका तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेको छ।

सोमबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार तोलामा २ सय रुपैयाँले बढ्दा प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने दुई दिनदेखि प्रतितोला १३ सय रुपैयाँमा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा गिरावट आए पनि स्थानीय बजारमा भने मूल्य घटबढ भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतिऔंस १७७७.८५ डलर र चाँदी २५.८१ डलरमा कारोबार भएको छ। आइतबार सुन १७७७ .२९ डलर र चाँदी प्रतिऔंस २५.९६ डलरमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्