काठमाडौं। नयाँ बर्षकाे पहिलाे काराेबारमा नेप्सेले नयाँ उचाई हासिल गरेको छ। बिहीबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से करिब २१ अंकले बढेर हालसम्मकै उच्च २ हजार ७३५ दशमलव ४० अंकमा पुगेको छ। बजार बढेसँगै बिहीवार पाँच ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर सबैभन्दा बढी ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो।
यो समाचार तयार पार्दासम्ममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशत,ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ६८ प्रतिशत, छ्याङदी हाइड्रोपावरको ९ दशमलव ६७ प्रतिशत र कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव १४ प्रतिशतका दरले वृद्धि भएको हो।
बजार बढेसँगै यी कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा सर्वाधिक वृद्धि भएको हो। एनआईसी एशिया लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १ हजार ८६८ रुपैयाँ,ज्योति लाइफको ५६५ रुपैयाँ, ग्रीन डेभलपमेण्ट बैंकको २०४ रुपैयाँ, छ्याङदी हाइड्रोपावरको २९५ रुपैयाँ र कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ पुगेको हो।



लोकपाटी न्यूज