काराेबारकाे दाेस्राे दिन तीन कम्पनीकाे शेयर मूल्यमा सर्वाधिक वृद्धि

लोकपाटी न्यूज

काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलवार तीन ओटा अलग- अलग कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ।

सबैभन्दा बढी एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत,ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ८३ प्रतिशत र सिन्धु विकास बैंकको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशतले वृद्धि भएको हो।

यो समाचार तयार पार्दासम्ममा ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो। एनआईसी एशिया लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १ हजार ६९९ रुपैयाँ पुगेको छ भने ज्योति लाइफ इन्स्योरेन्सको ५१४ रुपैयाँ र सिन्धु विकास बैंकको २४६ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्