ज्योति लाइफकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Share Market
लोकपाटी न्यूज

काठमाडाैँ। ज्योति लाइफ इन्स्योरेन्सको शेयर बिहीबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार खुलेको दोस्रो दिनमा कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशतले बढेको हो।

बुधबार कम्पनीको शेयर प्रति कित्ता ३६० रुपैयाँमा कारोबार खुलेको थियो। त्यस दिन ७.७७ प्रतिशतले बढेर ३८८ रुपैयाँमा अन्तिम कारोबार भएर बन्द भएको थियो।

कारोबार खुलेको दोस्रो दिन आज बिहीबार भने कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशतले बढेर ४२६ रुपैयाँ पुगेको छ। यस दिन कम्पनीको १७० कित्ता शेयर किनबेच भएर ६७ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

यता मार्केट डेप्थमा भने खरिदकर्ताको उच्च चाप देखिएको छ। अहिलेसम्म १८ लाख २७ हजार २३८ कित्ता शेयर खरिदको लागि अर्डर देखिएको छ। बिक्रीकर्ता भने शून्य रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्