माओवादी केन्द्रले फिर्ता लियाे प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव

Sherdhan Rai
लोकपाटी न्यूज

काठमाण्डाैँ। माओवादी केन्द्रले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ। माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको र एक्लैले पारित गर्न सम्भव नदेखेपछि माओवादी केन्द्रले पनि फिर्ता लिएको हो।

सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन्। उनले भिन्न राजनीतिक परिस्थितिमा अविश्वासको प्रस्ताव राखिएकाले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावको औचित्य सकिएकाले फिर्ता लिइएको बताए।

साविक नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरि मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरी मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्