दुई कम्पनीको लिलामीमा संस्थापक शेयर आजदेखि विक्रि खुल्ला

लोकपाटी न्यूज

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्रि खुल्ला गर्ने भएको छ। बैंकको अनुसार, बैकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर विक्रि खुल्ला गर्ने भएको हो।

नेशनल लाइफको ५५ हजार ८६६ कित्ता र नागरिक लगानीका कोषको ५० हजार कित्ता संस्थापक शेयर बैकले लिलाम विक्रि खुला गर्ने बैंकले जनाएको छ। लगानी कोषको शेयर मुल्य न्युनतम मुल्य १५ सय २९ रुपैयाँ र नेशनल इन्स्योरेन्सको ४६६ रुपैयाँ तोकिएको हुनाले लगानी गर्न इच्छुक आवेदकहरुले सो मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्