काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको छ। कम्पनीले चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म उक्त शेयर विक्री खुला गर्ने भएको हो। यो शेयरको मूल्य प्रतिकित्ता १ हजार ६०० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।
शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कम्पनीले बताएको छ।



लोकपाटी न्यूज