काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर डिम्याट खातामा देखिएको छ। कम्पनीको शेयर जेएलआईको स्टक कोडबाट डिम्याट खातामा दखिएको हो।
कम्पनीले फागुन २१ गते देखि २६ गते ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो।
उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो। जसमध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो। ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए।
कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट पहिलो कारोबारको लागि ओपन रेञ्ज १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ रुपैयाँ पाउने देखिएको छ। नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो।



लोकपाटी न्यूज