चार कम्पनी नेप्सेमा सूचिकृत

nepse-1
लोकपाटी न्यूज

काठमाडौं। चार ओटा अलग -अलग कम्पनीको शेयर सोमवार नेपल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ। सहारा विकास बैंकको हकप्रद शेयर र आरएसडिसी लघुवित्त वित्तीय संस्था, एनएमबी लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो।

आरएसडिसी लघुवित्तको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता बोनस शेयर, एनएमबि लघुवित्तको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस शेयर , पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता बोनस शेयर र सहारा विकास बैंकको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।

ती चार ओटै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्