प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

लोकपाटी न्यूज

काठमाडौं। प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन भएको छ। तत्कालीन नेकपामा देखिएको आन्तरिक कलहका कारण माओवादीतर्फका मन्त्रीले छाडेपछि खाली रहेको मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईले नयाँ मन्त्री नियुक्ति गरेका हुन्।

मन्त्रिमण्डलका नयाँ अनुहारहरूमा माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएका प्राथमिकतामा छन्। नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङसहित उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले र राजकुमार ओझा छन्।

आङ्बुहाङलाई अर्थ मन्त्रालय दिइएको छ भने सामाजिक विकास मन्त्रालयमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाएका छन्। कला घलेले कृषि राज्यमन्त्री र राजकुमार ओझाले वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

मन्त्रीहरूलाई प्रदेश प्रमुख अशोक प्यासी अधिकारीले पद तथा गोपनियताको सपथ खुवाए भने मुख्य मन्त्री राईले राज्य मन्त्रीलाई सपथ खुवाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्