त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको पहिलो हापमा नेपाल किर्गिस्तान गोलरहित बराबरीमा

लोकपाटी न्यूज

काठमाडौँ। त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले अहिले किर्गिस्तानको यू २३ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सकिँदा नेपालले गोलरहित बराबरी खेलेको छ। त्यसो त नेपालले पहिलो हाफमा किर्गिज टिमलाई दबावमा राखेको थियो।

खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको हेडरको प्रयास फ्रेमको नजिकबाट बाहिरीयो। आठौं मिनेटमा सञ्जोग राईको कर्नरमा दिनेश राजवंशीले डिबक्समा खालि पोजिसनमा रहेको अवस्थामा बललाई कनेक्ट गर्न सकेनन्। १० औं मिनेटमा रोहित चन्दको कर्नरमा अनन्त तामाङको हेड फ्रेमको नजिकैबाट बाहिरीयो।

१४ औं मिनेटमा अञ्जन विष्टको डिबक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किन पुगेको थियो। जसका कारण नेपाली दर्शक चुकचुकाउन पुगे। २२ औं मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहार हावामा बाहिरीयो।

४३ औं मिनेटमा किर्गिस्तानको टिमको टिमको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले पन्च गरेर बचाए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेल्यो।
अहिले खेलको दोस्रो हाफ चलरिहेको छ।