आईपीओ निष्कासन गर्दै रुरु जलविद्युत् परियोजना, कति दिने आवेदन ?

IPO Icon
लोकपाटी न्यूज

काठमाडौं। रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि चैत २० गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। यसअघि गुल्मीका प्रभावितहरुलाई सेयर निष्कासन गरेको कम्पनीले अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी ४ लाख ७ हजार ७०६ कित्ता सेयरमध्ये ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र ४ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानीकर्तालाई सुरक्षित गरी बाँकी रहेको ३७ लाख ९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले भने प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन पाउनेछन्। कम्पनीले जारी गरेको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ। आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत २४ र उक्त समयमा विक्री नभएमा वैशाख ३ गतेसम्म लगानीकर्ताले आवेदन गर्न सक्नेछन्। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। साथै आवेदकले सी आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट आवेदन गर्न सक्नेछन्।

हाल कम्पनीको चुक्तापूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ विक्री गरेपश्चात उक्त पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपंयाँ पुग्नेछ।  कम्पनीले उत्पादन गरेको विद्युत प्रति मेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ रुपैयाँ लागत छ। कम्पनीका सञ्चालकमा आशीष सुवेदी, भरतप्रसाद नेपाल, मीनराज कँडेल र चन्द्रबहादुर पुन छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्