काठमाडौं। सिंगटी हाइड्रो इनर्जीको आइपीओमा २ अर्ब ४५ करोड २२ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार अन्तिम दिन मंगलबार साँझसम्म १६ लाख २४ हजार ९३८ जनाले २ करोड ४५ लाख २२ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन्। यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा बढी ९.२९ गुणा आवेदन हो।
सिंगटीले चैत ६ गतेबाट मंगलबार (चैत १० गते) सम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ व्यवस्था रहेको थियो ।
यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।



लोकपाटी न्यूज