काठमाडाैँ। सिन्धुपाल्चोक जिल्लाका चार बिद्यालयका बिद्यार्थीले काठमाडौँको बबरमहलस्थित प्रभु बैंकको प्रधान केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। सोमबार श्री तेर्षे माध्यामिक, श्री महेन्द्र माध्यामिक, श्री पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुले बैंकको अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान हासिल प्राप्त गरेको बैंकले जनाएको छ।
बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन गराईएको थियो।
उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए। प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ।
आगामी दिनहरुमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न वित्तीय साक्षरता अभिवृद्वि गर्ने कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध समेत जनाएको छ।



लोकपाटी न्यूज

