सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौँ। सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुन प्रतितोला २०० रुपैयाँले घटेको हो। हिजो आइतबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार भने ८७ हजार रुपैयाँमा कारोबार हुनेछ।

सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ८६ हजार ५५० रुपैयाँ पर्नेछ। यता, चाँदीको भाउ पनि घटेको छ। आइतबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार २६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्