प्रभु क्यापिटलकाे सेयर सम्बन्धी आधारभूत तालिम कार्यक्रम सम्पन्न

लोकपाटी न्यूज

काठमाडौं। प्रभु क्यापिटलले मण्डिखाटारमा सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ। इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) संस्थामा आबद्ध २० जना कर्मचारीलाई तालिम दिइएको हो।

यसैगरी, क्यापिटलले काठमाडौंको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका बीबीए संकायअन्तर्गतका विद्यार्थीहरुका लागि सेयर बजारसम्बन्धी तीनदिने आधारभूत तालिम कार्यक्रम सुरुवात गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्