साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



लोकपाटी न्यूज