काठमाडौं। एनआइसी एसिया र स्वदेशी लघुवित्त एक आपसमा मर्ज भएर चैत ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन्।
मर्ज पश्चात अब एनआइसी एसिया लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ। मर्जर सम्झौता भएसँगै गत साउन ३२ गतेबाट दुवै कम्पनीको नेप्सेमा सेयर कारोबार रोक्का छ। दुवै कम्पनीका माघ ४ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पामरित गरेका थिए।



लोकपाटी न्यूज