किन आयाे नेपाल बंगलादेश बैंककाे शेयर मूल्यमा उछाल ?

Nepse mathi
लोकपाटी न्यूज

नबिल बैंक लिमिटेडले प्राप्ति गर्न लागेको हल्ला चलेपछि नेपाल बंगलादेश बैंक लिमिटेडको शेयर मूल्यमा उछाल आएको छ। नेपाल बंगलादेश बैंक प्राप्तिका लागि नबिल बैंकले छलफल अघि बढाएको हल्ला चलेपछि उक्त बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने अवस्था आएको हो।

कारोवार शुरू भएको एक घण्टामै ३१ अंकले बढेर उक्त बैंकको शेयर मूल्य ३४९ पुगेको छ। अघिल्लो दिन ३ सय १८ मा कारोबार बन्द भएको थियो। शेयर बजारमा कुनै पनि कम्पनीको शेयर एकै दिनमा १० प्रतिशत भन्दा बढी बढ्न वा घट्न पाउँदैन।

कतिपय  लगानीकर्ताले समाजिक सञ्जालमा कम्पनी नबिल बैंकसँगको मर्जर हुन थालेको चर्चा  भएपछि शेयर मूल्य बढेको उल्लेख गरेका छन्। यद्यपि उक्त कम्पनीले भने हालसम्ममा कुनै पनि मर्जर सम्बन्धी सूचना सर्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्