फेरी उकालाे लाग्दै सुनकाे भाउ

gold
लोकपाटी न्यूज

काठमाण्डौ। नेपाली बजारमा आज बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामै २० रुपैयाँ बढेको छ। योसँगै चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदीको भाउ १० रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्