‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आयल निगमको भूमिका हुँदैन’

nepal-oil-nigam-2-
लोकपाटी न्यूज

काठमाडौं। पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने नेपाल आयल निगम लिमिटेडले जनाएको छ। निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठुलो भूमिका नहुने बताएका हुन्।

आयल निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पारे। डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने उनको भनाइ छ। बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने बता। आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि उनले बताए। प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनु पर्ने र घट्दा घटाउनु पर्ने उनको भनाइ छ।

आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर विक्रि गरेको पनि उनले बताए । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ। हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैँयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैँयाँ र खाना पकाउने एलपी ग्याँसको मूल्य १४ सय रुपैँयाँ कायम गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्