काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले उदयपुरको गाईघाटमा १०२ औं शाखाको विस्तार गरेको छ। बैंकले फागुन २६ गते बुधबारदेखि आफ्नो १०२ औं शाखा गाईघाटमा विस्तार गरेको हो। एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा गाईघाट उदयपुरा शाखाको उद्घाटन गरेका हुन्।
यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ।



लोकपाटी न्यूज

