रिभर फल्सकाे आईपिओ निष्काशनकाे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

लोकपाटी न्यूज

काठमाडाैँ। रिभर फल्स पावर लिमिटेडले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ। कम्पनीले शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नियुक्ति सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। कम्पनीले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्