काठमाडौं। सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको छ। मंगलबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुनको भाउ तोलाको ८६ हजार २ सय रुपैयाँ र तेजाबी सुन तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ थियो। मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार १ हजार २ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज