काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ। नेप्सेले ३ दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ९६६ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयरमूल्य १ हजारको आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले लघुवित्तको ३.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९६६ रुपैयाँ निर्धारण भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। बुधबार लघुवित्तको शेयर दोस्रो बजारमा प्रतिकित्ता एक हजार रुपैयाँमा कारोबार भएको थियो।
कम्पनीले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न चैत ५ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा बिहान ११ बजे सभा बोलाएको हो ।



लोकपाटी न्यूज