सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?

gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ। स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ १ हजार ७०० ले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ८७ हजारमा कारोबार भएको छ।

सोमवार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७०० मा कारोबार भएको थियो। सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला १ हजार ७०० ले घटेको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ५५० मा कारोबार भएको छ। सोमवार तेजाबी सुन प्रतितोला ८८ हजार २५० मा कारोबार भएको थियो।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ। सोमवार प्रतितोला एक हजार ३३० मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला एक हजार २९० मा कारोबार भइरहेको छ।

चाँदी पनि आज ४० रुपैयाँ सस्तो भएको छ। आज प्रतितोला १२ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको संघले जनाएको छ। यता अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस ११.९७ अमेरिकी डलर सस्तो भएको छ। एजेन्सीहरुका अनुसार आज १७ सय १३ दशमलव ०९ अमेरिकी डलर प्रतिऔँसमा सुनको कारोबार भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्