काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनको मूल्य ५ सय रुपैयाँले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन तोलामा ८७ हजार ८५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी आइतबार तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार तोलामा एक हजार ३३५ मा कारोबार भएको चाँदी आइतबार भने एक हजार ३२५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।



लोकपाटी न्यूज