डिस होमको स्ट्रिमिङ भिडियो अन डिमाण्ड सेवा सञ्चालनमा

लोकपाटी न्यूज

काठमाडौं। डिशहोमले आफ्ना नियमित ग्राहकका लागि एक्सभीओडी अर्थात् स्ट्रिमिङ भिडियो अन डिमाण्ड सेवा ल्याएको छ। इन्टरनेटमा आफ्नो सेट-टप बक्स कनेक्ट गर्ने डिशहोमका सम्पूर्ण ग्राहकहरुले यो फिचर प्रयोग गर्नसक्ने छन्।

यसका लागि सेवाग्राहीले डिशहोम लगायत जुनसुकै आईएसपीको इन्टरनेट सेवा लिन सक्छन्। यस फिचर अन्तर्गत सेवाग्राहीहरुले नेपाली फिल्म, अंग्रेजी फिल्म, सिरिज र किड्स गरी ४ सेग्मेन्टमा आफ्नो इच्छा अनुसारको भिडियो स्ट्रिमिङ हेर्न सक्नेछन्।

सेट-टप बक्सभित्र आउने यस एप्लिकेसनलाई रिमोटमा एक्सभिओडी बटन थिचेर स्ट्रिमिङ गर्न सकिन्छ। यसका लागि एउटा छुट्टै युजर इन्टरफेस हुने कम्पनीले बताएको छ। डिशहोमले आफूसँग भएको लाइसेन्स कन्टेन्ट मात्र उक्त फिचर अन्तर्गत स्ट्रिमिङ गर्नेछ। आगामी दिनमा यसलाई पेड मोडलमा लगेर नेटफ्लिक्सको जस्तै अनुभूति सेवाग्राहीलाई दिने कम्पनीले बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्