काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको शेयर कारोबार भइरहेको छ। कारोबारको २० मिनेटमा निफ्राको १४ करोड ४९ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो।
यस अवधिसम्म कम्पनीको शेयर खरीद माग बढी रहेको छ। १ लाख ४७ हजार ८८६ कित्ता शेयर खरीद माग रहेकोमा २२ जहार ४२५ कित्ता विक्री माग रहेको छ। यो अवधिसम्म कम्पनीको शेयरमूल्य भने २ दशमलव ८५ प्रतिशत घटेको छ। प्रतिकित्ता १६ ले घटेर कम्पनीको शेयरमूल्य ५४६ कायम भएको छ।



लोकपाटी न्यूज