नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा संचालनमा आउने

Nepal bank limited
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा संचालनमा आउने भएको छ। बुधबार बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्झौता भएको हो। उक्त कम्पनीका ग्राहकबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले एक्स्टेन्सन काउन्टर विस्तार गरिएको बैंकको भनाइ छ।

साथै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र कम्पनीकातर्फबाट प्रमूख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले हस्ताक्षर गरे।

यो बैंकले २०४ शाखा, ४१ वटा एक्स्टेन्सन काउन्टर, १४३ वटा एटिएम तथा अन्य विभिन्न विद्युतिय/डिजिलट माध्यमहरुबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ।