काठमाडौं। घट्दा सय-सयले ओह्रालो लागेको सुनको मूल्य ५ दिनपछि एकै दिन दुई सय रूपैयाँ बढेको छ। मंगलबारका लागि सुनको बजार मूल्य ९० हजार ९ सय रुपैयाँ प्रतितोला निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार १ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यमा सोमबारसम्म क्रमिक गिरावट आए पनि ठूलो अंकमा भने गिरावट आएको थिएन।
सुनको मूल्यमा गिरावट आउँदा चाँदी भने घटेको थिएन। पाँच दिनदेखि निरन्तर उकालो लागिरहेको छ। मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँ कारोबार मूल्य कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु सेयर बजारप्रति आकर्षित हुन थालेपछि सुनको मूल्यमा लगातार उतारचढाव भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८२१ ७५ डलर र चाँदी प्रतिऔंस २७ ७२ डलरमा कारोबार भएको छ।



लोकपाटी न्यूज