काठमाडौं। पुँजी बजार सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका छन्। पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आमरण अनसन शुरु गरेका छन्।
आइतबार विहान सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि कोइराला अनसन बसेका छन्। पछिल्लो समय बजार सुधारका लागि आवश्यक कामहरु नगरेका कारण जोखिम बढेको उनले बढाए। जोखिम बढ्दा बजार विकासको कामहरु अवरुद्ध भएका कारण आफू अनसन बस्न बाध्य भएको अनसनरत कोइरालाले जानकारी दिए।
‘अहिले खासगरी १८ वटा कामहरु गर्नुपर्ने छ, ति कामहरु १ वर्ष अगाडि नै गर्नु पर्ने थियो गरिएन’ कोइरालाले अनलाइनखबरसँग भने, ‘यी काम नहुँदा सेयर बजारमा रिस्क बढेको छ जसले बजार विकास अवरुद्ध भएको छ, यो नै हाम्रो एक शुत्रीय माग हो।’ सरकारी पक्षबाट यी मागहरु पुरा नभएसम्म आफ्नो अनसन जारी रहने उनले बताए।



लोकपाटी न्यूज