काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ। आइतबारका लागि बजार मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनभन्दा ६ सय रूपैयाँ घट्दा गत शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा भने सामान्य बढोत्तरी भएको छ। १५ रुपैयाँले बढेर आइतबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ भएको छ । गत शुक्रबार ५ रुपैयाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँ भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १८२४.७७ डलर र चाँदी प्रतिऔंस २७.३६ डलरमा कारोबार भएको छ।



लोकपाटी न्यूज